एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्

|

काठमाडौं :  नेपालमा बाल मृत्युदरमा सुधार आएको छ। २०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार आएको हो।

२०६८ मा एक हजार जना शिशुहरू मध्येमा ४० जनाको मृत्यु भएको देखिएको छ भने  अहिले सो संख्या घटेर १७ मा आएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै नेपालमा वार्षिक रुपमा ०.९२ को दरले वृद्धि भइरहेको जनाएको छ।

नेपालमा करिब २ करोड ९२ लाखको हाराहारीमा जनसंख्या रहेको छ।  यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो। जनसंख्या वृद्धिदर वार्षिक रुपमा एक प्रतिशतभन्दा तल छ। जनसङ्ख्या वृद्धिदर यसअघि १ दशमलव ३५ प्रतिशत रहेको थियो।

विभागले जारी गरेको तथ्यांकमा  ५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना विदेशमा बसाइँसराइ गरेको जनाएको छ। प्रादेशिक रूपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाइँ सरेका छन्।

दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ। लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन्।  सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाइँसराइ भएकाहरूको प्रदेश मधेश प्रदेश रहेको छ।  

नेपालमा ६० प्रतिशत एकल परिवार

नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन्। ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन्। मधेश प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ। बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा बागमती अन्तिममा पर्छ।

जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ। त्यो बाहेकको परिवार संयुक्त परिवार हो। परिवारको संरचनाले पनि हरेक कुराहरू आर्थिक तथा सामाजिक संरचनाहरूमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ।

एक वर्षमा नेपालमा शिशुहरूको कोरा जन्मदर १४.२ प्रतिशत

एक वर्षमा शिशुहरूको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ। जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ। गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ। यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ।

प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ। यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ। कोरा जन्मदर घट्दो क्रममा छ। २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ। ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश

एउटा (१५—४९) वर्षका महिलाहरूले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरूको संख्या १ जना महिलाले नेपालमा शून्य दशमलव ७३ छोरीहरू जन्माउँछन्। सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो। कर्णालीमा सय जनामा ७९ जना महिलाहरूले छोरी जन्माएको देखिन्छ।

सबैभन्दा कम छोरीहरूको जन्म बागमती प्रदेशमा भएको छ। छोरीहरूको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा रहेको छ।  प्रतिहजार महिलाहरूमा २२२ जना बच्चाहरू बागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेश प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन्।

एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्

१५ देखि ४९ वर्षका उमेरका महिलाहरूले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिब करिब २७ वर्ष (२६.९) रहेको छ। त्यस्तै बागमती प्रदेशमा २८.४ छ। उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ।

अहिलेको प्रजनन दर १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ।

सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्माए भने रिप्लेसमेण्ट लेभलमा जान्छ। नेपालमा रिप्लेसमेण्ट लेभल भन्दा दर तल गएको छ। प्रजनन दर अहिले २ भन्दा पनि तल गएको अवस्था छ।

कोरा मृत्युदर सबैभन्दा बढी गण्डकीमा, सबैभन्दा कम कर्णालीमा

प्रतिएक हजारमा कति व्यक्तिहरूको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा त्यसपछि कोशी र बागमती प्रदेश रहेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा छ।

 कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ। मधेश प्रदेशमा मृत्युदर कम भएको देखिन्छ। २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ।

२०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो। लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको देखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६.४२ रहेको छ। १ हजार लाइफ बर्थमा कति जना बच्चाहरूको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरूको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा देखिन्छ।

त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ। सबैभन्दा कम गण्डकी प्रदेश र बागमती प्रदेशमा छ। जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ। बालबालिकाको हिसाबमा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ।

मधेश प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरू मर्दा २३ जना छोराहरूको मृत्यु भएको छ। गण्डकी प्रदेशमा १२ जना छोराहरूको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ। छोराहरूको मृत्युदर सबै उमेर समूहमा बढी छ।

१ देखि ५ वर्ष मुनिका मृत्यु हुने बालबालिकाको संख्या गण्डकीमा कम

एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ। सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा छ।

मधेश प्रदेशमा पनि बढी रहेको देखिएको छ। नेपालको सन्दर्भमा प्रतिहजारमा ६.१ जनाको मृत्यु भएको छ। यो उमेरसमूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ। छोरीहरूको मृत्यु बागमती प्रदेशमा बढी छ भने सुदूरपश्चिम र मधेश प्रदेशमा छोराहरूको मृत्यु बढी देखिन्छ।

नेपालीको औसत आयु ७१.३ वर्ष

अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ। पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ। पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ। ग्याप करिब करिब ५ वर्षले फरक छ। सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरू बाँच्दछन्।

सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ। दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेश प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, बागमती प्रदेशमा ७२.४ रहेको छ। कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ। जसमा ७५.५ रहेको छ।

सबैभन्दा कम महिलाहरूको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ। हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ। २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो।

गण्डकी प्रदेशमा आन्तरिक बसाइँ सर्नेहरू सबैभन्दा बढी

गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाई सरेका छन्। यो पाँच वर्षको तथ्यांक हो। बागमती प्रदेशमा करिब १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.