काठमाडौं : सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी हुँदैछ। निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि सो ऋणपत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए।
बैंकको ऋण पत्र सात वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ। बैंकका ऋणपत्र चाँडोमा कार्तिक २४ गते र त्यसभित्र बिक्री नभएमा मंसिर १९ गतेसम्म बिक्री खुला हुने समय पनि निर्धारण गरिएको छ।
सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।