पाल्पा : पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका-८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनाउ गाउँपालिका-५ चौबीस माइलमा दिउँसो पौने १२ बजे ठक्कर दिएको हो।
गम्भीर घाइते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको थापाले बताए। ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।