|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले सोमबार साँझ ६ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। 

‘बैठकको अन्य एजेन्डा भनिएको छैन। अस्तिकै बैठकको निरन्तरता भनिएको छ। बाँकी कार्यसूचीबारे केही भनिएको छैन,’ उनले थाहाखबरसँग भनिन्। 

शनिबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेटपछि बैठक बोलाइएको हो। भोलिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.