|

विराटनगर : धरानका संचारकर्मीहरुले मौन जुलस प्रदर्शन गरेका छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारिताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिँदै धरानका संचारकर्मीहरुले मौन जुलुस  प्रदर्शन गरेका हुन्।

पछिल्लो समय  पत्रकारहरूविरुद्ध मेयर साम्पाङको अमार्यादित, प्रेस स्वतन्त्रताविरोधी व्यवहार सच्याउन नेपाल पत्रकार महासङ्घ सुनसरीले आन्दोलन थालेको छ।

सोहीअनुसार  आन्दोलनको छैटौँ दिनमा  मौन जुलुस आयोजना गरिएको  सुनसरी महासंघका अध्यक्ष जनक ऋषिले  जानकारी दिए।

 उनका अनुसार भानुचौकबाट सुरु भएको मौन जुलुस धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा पुगेर कोणसभामा परिणत भएको थियो।

पछिल्लो केही दिनदेखि यता मेयर साम्पाङले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई अमर्यादित भाषामा गाली गलौच गर्न नरोकिएपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्।

स्थानीय सरकार प्रमुख र तीनका सर्मथकहरुले प्रेस स्वतन्त्रतामाथि धावा बोलेको र नागरिकहरुको आवाजलाई नै दमन गरेको कारण पत्रकारिताको रक्षाको लागि धरानमा मौन जुलुस निकालिएको नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बाले बताए।

नेपाल पत्रकार महासंघ सुनसरीले  मंगलबार  धरानका पूर्वनगर प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत गरिने सुनसरी महासंघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.