|

काठमाडौँ : उपसामुख इन्दिरा रानाले बालबालिकालाई प्रभावकारी शिक्षा दिनु आवश्यक रहेको बताएकी छन्।

मंगलवार काठमाडौँमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले आफ्नै देशमा बालबालिकाहरु बस्न रुचाउने वातावरण सिर्जना गर्न जरुरी रहेको बताइन्। 

उनले सानै उमेरबाट बालबालिकालाई राष्ट्रियताबारे अवगत गराउनुपर्ने बताइन्। उनले नेपालमा आफ्नै संस्कृति, संस्कार, परिस्थितिअनुसारको शिक्षा आवश्यक रहेको बताइन्। उनले नेपाली विद्यार्थीलाई विद्यालयमा व्यावहारिक शिक्षाको पनि ज्ञान दिन जरुरी रहेको बताइन्।

‘अहिले हाम्रा बालबालिका कसरी सर्वाइभ गर्न सक्छन् त्यस्तो शिक्षा चाहिएको छ। लण्डनका बच्चाहरुलाई हाउ टु लर्न टु गो थ्रु द मेट्रो‚ नक्साबाट कसरी ठाउँहरु पत्ता लगाउने सिकाइन्छ। हाम्रा बच्चालाई यहाँको रहनसहन, संस्कृति, परिस्थिति छ, त्यस्तो किसिमको शिक्षा दिनुपर्छ‚’ उनले भनिन्, ‘जन्मिन पाएको छैन, हामी बच्चाहरुलाई अमेरिका, युरोपको सपना देखाउँछौँ‚ अनि कसरी उनीहरु नेपालमा बस्छन्? यहीँ भारतमै हेर्नु न, उनीहरुले राष्ट्रियताको विषयमा सानैदेखि सिकाउँछन्। बाहिर बस्ने नेपालीले पनि आफ्ना पुर्खाका बारेमा सिकाउनुपर्छ।’

उपसभामुख रानाले शिक्षक, किसान र स्वास्थ्यकर्मी नै देशको महत्वपूर्ण सम्पत्ति भएको बताइन्। उनले शिक्षक, डाक्टर, किसानलाई सम्मान गरेमात्रै देश विकास हुने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.