|

काठमाडौं : रुसी सेनाबाट नेपालीहरूलाई फर्काउन पहल गर्नुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले धरपकड गरेको छ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जनाभन्दा बढीलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।

पछिल्लो समय रूसको सेनामा भर्ती भएका नेपालीहरूलाई अविलम्ब नेपाल फर्काउनुपर्नेमा सरकारलाई चौतर्फी दबाब बढ्दै गए पनि सरकारले उचित परिणाम देखिने गरी काम गर्न सकेको छैन।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.