|

काठमाडौं : सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत संचालन भइरहेको स्वास्थ्य बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि  बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ।

स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।

 आठौं स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्ड गरेको पत्रकार अन्तरक्रियामा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार हाल देशभरको को ७७ लाख ४१ हजार ४८३ अर्थात् (२६.५४ प्रतिशत) जनसंख्या मात्रै स्वास्थ्य बिमा मा आबद्ध भएको जनाएका हुन्।

यस्तै,  कुल बिमित परिवारको संख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ, जुन ३५.८८ प्रतिशत हो । कुन बिमितमध्ये सेवा लिनेको संख्या ४७.१८ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमितको संख्या ७२.११ प्रतिशत रहेको निर्देशक डा बसौलालले बताए।

अझै पनि धेरै जनता स्वास्थ्य बिमामा आबद्धता नरहेको हुँदा आगामी दिनमा  धेरैभन्दा धेरै नागरिकलाई बिमामा सहभागिता गराउन स्थानीय तह सरकारसँग मिलेर आगामी दिनमा काम गरिनेसमेत निर्देशक डा बसौलाले बताए।

‘अझै पनि धेरै नागरिक बिमामा सहभागी हुनु हुदैन त्यसैले आगामी दिनमा हामीले हरेक स्थानीय तहमा स्वास्थ्य बिमामा आकर्षण बढाउन एक समिति बनाएर काम गरिने तयारी गरिएको छ’ डा बसौलालले भने।

यस्तै, चालु चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बोर्डले ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी दिएको जनाएको छ। हालसम्म स्वास्थ्य बिमा बोर्डमा ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात रहेको बोर्डले जनाएको छ।

 स्वास्थ्य बिमा ७७ जिल्लाका ७ सय ५२ स्थानीय तहमा विस्तार भइसकेको छ। अहिलेसम्म ५ लाख १४ हजार ६१८ जना अति गरिब (परिवारका सदस्यसमेत) र ९ लाख ३० हजार ३९७ जेष्ठ नागरिक स्वास्थ्य बिमामा आवद्ध छन्।

यसैगरी, एचआईभी संक्रमित बिमितको संख्या ३६ हजार ८८१ (परिवारसका सदस्यसमेत)  अपांग बिमित १ लाख ४१ हजार २२३ (परिवारका सदस्यसमेत) छन्।

एमडिआर/एक्सडिआर टिवी बिमितको संख्या परिवारका सदस्यसमेत ३ हजार ३३१, कुष्ठरोग पीडित बिमितको संख्या परिवारसमेत ३ हजार ६८५ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिवारका सदस्य समेत बिमित १ लाख ३२ हजार ५६७ जना छन्।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य प्रणालीमा विविध सुधारका प्रयासहरु अगाडि बढाइएको बताए। स्वास्थ्य बिमा आबद्धता अनलाइनबाट गर्ने तयारी अगाडि बढाइएको छ भने स्वास्थ्य बीमा सहभुक्तानी प्रणाली लागू गरिएको छ। यसबाहेक सुधार अन्य सुधारका कामहरु अगाडि बढाइएको पनि उनले जानकारी दिए।

बीमाको सुविधा पाउन पाँच जनासम्मको परिवारका लागि वार्षिक तीन हजार ५०० रुपैयाँ प्रिमियम रकम तोकिएको छ भने परिवार सदस्य यसभन्दा बढी भए थप ७०० रुपैयाँका दरले लाग्छ।

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०७२ चैत २५ बाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको थियो। कैलालीबाट सुरु गरिएको यो कार्यक्रम अहिले ७७ वटै जिल्ला र७५२ स्थानीय तहमा पुगिसकेको छ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी पाँचजना सदस्य भएका परिवारले वार्षिक रूपमा तीन हजार ५०० रुपैयाँ तिरेपछि वार्षिक एक लाख रुपैयाँसम्मको औषधोपचार सेवा पाउँछन्।

त्यसैगरी, पाँचजना भन्दा माथिको परिवारले प्रतिव्यक्ति ७०० रुपैयाँ तिरेर थप २० हजार रुपैयाँको सुविधा पनि पाउने व्यवस्था रहेको छ।

बिमामार्फत पाइने सेवामा बहिरंग सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् तर बिमाबाट कस्मेटिक सर्जरी, व्यक्तिगत झै-झगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा र गर्भपतनसम्बन्धी सेवा भने पाइँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.