|

काठमाडौं :  किसान देशका मेरुदण्ड हुन्। तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन। कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ। विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ। कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो।

अर्को कुरा सरकारको उदासीनता पनि। किसान लाखौं लगानी गर्छन्, वस्तु उत्पादन गर्छन्। तर वस्तुको बजार सीमित छ। निर्यातको राम्रो व्यवस्था छैन। वस्तु कुहिन्छ, लगानी डुब्छ। सरकारलाई कुनै मतलव छैन। गर्मी शुरु भएको छ।

गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यतिबेला कामको चटारोमा छन्। लगाएका खेतिपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान। तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन्।

हुनतः खेतिपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन। समयमा गर्नु परिहाल्छ नै। असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन। बरु लगाएको खेतिपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन्। यतिबेला उनीहरुलाई नयाँ वर्षको रमझम भन्दा खेतिपाती नै प्यारो छ। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.