|

अष्ट्रेलिया : कुरिल्पा संग्रहालय, प्राकृतिक इतिहास बोकेको सांस्कृतिक सम्पदाको एउटा ऐतिहासिक संग्रहालय हो।

 हाल यसको मुख्यालय दक्षिण ब्रिजबेनस्थित क्विन्सल्याण्डमा रहेको छ।

उक्त संग्रहालयमा पहिले हराएको जीवहरूको प्राग ऐतिहासिक सङ्ग्रह गरिएको छ। यो संग्रहालय २०२३ जुन १६ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो। यहाँ केही पुराना र नयाँ थपिएका डाइनोसरको अवशेष र नमुनाहरू समावेश गरिएका छन्।

यो संग्रहालयले डाइनोसरहरूको बारेमा धेरै ज्ञान दिँदै आइरहेको छ। संग्रहालयमा २५ लाख वर्षअघि पृथ्वीमा अस्तित्वमा रहेका प्राग ऐतिहासिक जीवका प्रजातिहरूको ५० भन्दा बढी जीवन-आकारको पुनर्निर्माण गरी प्रदर्शनमा राखिएको छ। प्रदर्शनमा १०० भन्दा बढी जीवाश्म र डाइनोसरकालमा पृथ्वीमा खसेको भनिएको उल्काहरूको नमुनासमेत सङ्गृहित छ।

यहाँ मुख्य द्वारबाट प्रवेश गर्दैदेखि नै डाइनोसरका कृत्रिम आकृति हुँदै अस्थायी प्रदर्शनीहरू हुँदै संग्रहालय जान सकिन्छ।

यहाँ बहुमूल्य जीवाश्महरू सुरक्षित गर्न सिसाको बाकस प्रयोग गरिएको छ। विभिन्न प्रजातिका चराहरू, पुतली हरू , समुद्री जीवहरू, सर्पहरू, डाइनोसरका कंकालहरू आदि छन्। जसबाट बालबालिकाहरूलाई समेत ग्यालरीको अवलोकन गर्न र अन्वेषण गर्न सजिलो मनोरञ्जनात्मक र  आकर्षक बनाएको छ।

यसबाट  बालबालिकाहरूले मनोरञ्जन सँगसँगै सिकाई पनि गर्दै आएका छन्। यहाँ अवलोकनकर्ताले माइक्रोस्कोपको प्रयोग गरेर जीवाश्महरूको सूक्ष्म संस्करणहरू समेत हेर्न सक्नेछन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.