|

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेशियालाई​ ५ विकेटले पराजित गरेको छ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेशियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाउँदै जितका लागि दिएको १४४ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा पूरा गर्दै खेल जितेको हो।

पावरप्लेमा नेपालले जम्मा ४० रनमात्र बनायो। ओपनर कुशल भुर्तेल कुल स्कोर ७ओभर ५ बलमा ४९ रन हुँदा पवनदीप सिंहको बलमा एलबीडब्ल्यू भए। उनले २४ बल खेलेर ३ चौकाको मद्दतबाट २४ रन बनाए।

अर्का ओपनर आसिफ शेख १२औँ ओभरमा मलेशियाली कप्तान विरनदीप सिंहको बलमा विकेटकिपर नज्मस सकिबबाट स्टम्प भए। उनले ३५ बल खेलेर ३२ बनाउँदा ४ चौका प्रहार गरे। उनी आउट हुँदा नेपालको कुल स्कोर ६४ रन थियो।

नेपालको कुल स्कोर रन हुँदा औँ ओभरमा कुशल मल्ल रन बनाएर आउट भए। महमद वफिकको बलमा क्याच आउट हुनुअघि उनले ६ बल खेलेर १ चौकाको सहायताले ७ रन बनाए। 

कुशल मल्ल आउट भएपछि क्रिजमा आएका दिपेन्द्रसिंंह ऐरीले १५ रन बनाएर विरनदिप सिंहको बलमा क्याच आउट भए।। उनले यस क्रममा ९ बलको सामना गरि १ छक्का र १ चौका प्रहार गरे।

कप्तान रोहित पौडेलले २६ बलमा १ छक्का र १ चौका हान्दै ३२ रन बनाए। १७औँ ओभरमा नेपालको कुल स्कोर १०६ रन रहेको वेला उनलाई मलेशियाली कप्तान विरनदिप सिंहले महमद मुनियान्डीबाट क्याच आउट गराए।

गुलशन झाले अविजित रहँदै ७ बलमा २ छक्का र १ चौका हान्दै १९ रनको पारी खेले भने सन्दिप जोरा ९ बलमा १२ रन बनाउँदै अविजित रहे।

मलेशियाका लागि कप्तान विरनदिप सिंहले ३ विकेट‚ पवनदीप र महमद वकिफले १/१ विकेट लिए। मलेशियाले अतिरिक्त २ रन दियो।

यसअघि ​मलेशियाका ओपनर महमद आमिरले दिपेन्द्रसिंह ऐरीको बलमा कट एन्ड बोल्ड हुनुअघि १८ बलको सामना गरेर ३ चौकाको सहायताले १६ रन बनाए।

मलेशियाका लागि कप्तान वीरनदीप सिंहले कप्तानी पारी खेल्दै अविजित रहेर टोलीका लागि सर्वाधिक ७२ रन बनाए। उनले यसका लागि ५७ बल खेलेर ४ छक्का र ४ चौका प्रहार गरे।

शार्विन मुनियान्डीले ३३ बल खेलेर २ छक्का र ३ चौका प्रहार गर्दै ४१ रन बनाए। अविनाश बोहराले १७औँ ओभरमा उनलाई बोल्ड गर्दा बल्ल मलेशियाको दोस्रो विकेट खसेको थियो। 

पहिलो छैटौँ ओभरमा कुल ३५ को स्कोरमा मलेशियाको पहिलो विकेट खसालेको नेपालले १६औँ ओभरसम्म दोस्रो विकेट लिन सकेन। आज नेपालको बलिङ र फिल्डिङ केही फितलो देखिएको थियो।

सैय्यद अजिजका रुपमा मलेशियाको तेस्रो विकेट खस्यो। १८औँ ओभरमा १२६ को कुल स्कोरमा मलेशियाको तेस्रो विकेट खस्यो। ७ बलमा १ चौका हान्दै ६ रन बनाएका अजिजलाई दिपेन्द्रसिंह ऐरीको बलमा कुशल मल्लले क्याच आउट गरे।

नज्मस सकिबले ५ बलमा अविजित ३ रन बनाए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट र अविनाश बोहराले १ विकेट लिए। नेपालले ५ अतिरिक्त रन दियो।

१० राष्ट्र सहभागी यो प्रतियोगिता यस पटक टी-२० ढाँचामा हुँदै छ। यसअघिको प्रतियोगिता भने एकदिवसीय ढाँचामा खेलाइएको थियो।

डिफेन्डिङ च्याम्पियन नेपालले मलेशियालाई आजको खेलमा पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ।

टी-२० अन्तरराष्ट्रियमा आजको समेत गरेर यी दुईबीच १० खेल भएका छन्। तीमध्ये नेपालले ९ र मलेशियाले एक खेल जितेका छन्।

एसीसी प्रिमियर कपको विजेताले एशिया कपमा स्थान बनाउनेछ।

खेलका केही झलकः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.