|

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को २७ औँ खेलमा आज पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्ने छन्। खेल बेलुकी पौने ८ बजे पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरुहुनेछ । 


१७ औँ सिजनमा राजस्थानको यो छैटौँ खेल हो। पाँच खेलमा चार जित हात पारेको राजस्थान ८ अंकसहित पहिलो स्थानमा छ । राजस्थान आफ्नो पछिल्लो खेलमा गुजरातसँग पराजित भएको थियो। 

पञ्जाबको पनि यो छैटौँ खेल हो। पञ्जाबले ५ मध्ये ३ खेलमा हार बेहोरेको छ भने २ खेल जितेको छ । टोली ४ अंकसहित आठौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.