|

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्किएको छ। गएराति सिटीले लुटन टाउनलाई ५–१ ले हराएको हो।

सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे। लुटनका लागि रोस ब्राकलेले गोल फर्काए। सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो।

दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता लिएको थियो। कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

हालान्डले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले अग्रता ३–० बनायो। ८१ औं मिनेटमा ब्राकलेले गोल  गरेपछि लुटनले अन्तर घटाएको थियो। ८७ औं मिनेटमा जेर्मी र इन्ज्युरी समयमा ग्राभाडिओलले गोल गर्दै टोलीको जितलाई फराकिलो बनाएका थिए।

जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ। सिटीको ३२ खेलबाट ७३ अं भएको छ। एक खेल कम खेलेका आर्सनल र लिभरपुलको समान ७१ अंक छ। लुटन २५ अंकसहित १८ औं स्थानमा छ।

गएराति नै भएका अन्य खेलमा  नटिङघम फरेस्ट र वुल्भ्सले २–२ तथा बर्नली र ब्राइटनले १–१ को बराबरी खेलेका छन। ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासल युनाइटेडले टोटनहमलाई ४–० ले हराएएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.