|

काठमाडौं : नेपाल पुलिस क्लबले १४औँ जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ। 

 सोमबार मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले उपाधि हात पारेको हो । 

नौ वर्षपछि फाइनल पुगेको पुलिसले दोस्रोपटकको प्रयासमा च्याम्पियन ट्रफी उचालेको हो। निर्धारित तथा थप भएको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । 

मच्छिन्द्रका दुई खेलाडीले रातो कार्ड पाउँदा नौजना खेलाडीमा टोली सीमित भएको थियो । यद्यपि, पुलिसले यसको फाइदा लिन सकेन । टाइब्रेकरमा मच्छिन्द्र र पुलिसले सुरुवाती ३–३ गोल गरेका थिए । मच्छिन्द्रका खेलाडीले चौथो र पाँचौँ प्रहार पुलिसका गोलरक्षक अमितले उत्कृष्ट बचाएका थिए।  

हारसँगै मच्छिन्द्रको मोसफलमा आयोजना भएको चौथो उपाधि जित्ने सपना अधुरो भयो । यसअघि मच्छिन्द्रले विराटसहित मकवानपुर र केपी ओली कप उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.