|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी आक्रमण भए पनि पार्टी अहिले राष्ट्रिय राजनीतिको मियो रूपमा अक्षुण्ण रहेको दाबी गरेका छन्।

ललितपुरको गोदावरीमा शनिबारदेखि शुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो दाबी गरेका हुन्।

‘विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको छ। यति वेला उनीहरू एमाले पार्टीविरुद्ध दुईवटा अस्त्र चलाइरहेका छन्’, ओलीले  प्रतिवेदन पेश गर्दै भने, ‘मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्न सकिन्छ कि भनेर चर खोज्ने प्रयास।’ 

अध्यक्ष ओलीले यति वेला पार्टीमा नीति र नेतृत्वको विषयमा कुनै विवाद नरहेको दाबी गर्दै अनुचित महत्त्वाकांक्षा बढ्दै गएर त्यसले गुटबन्दीको रूप लिन नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गरेका छन्।

‘यति वेला पार्टीमा नीति र नेतृत्वको विषयमा कुनै विवाद छैन। तैपनि अनुचित महत्त्वाकांक्षा बढ्दै गएर तीनले गुटबन्दीको रूप लिन नपाऊन् र लोकतन्त्रिक अभ्यास गर्दा त्यसले अराजतकताको रूप लिन नपाओस् भन्नेतर्फ सजग हुनुपर्छ’, उनले भनेका छन्, ‘वैचारिक, संगठनात्मक र भावनात्मकता आजको पार्टी अवाश्यकता हो।’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.