|

काठमाडौँ : इलाम–२ र बझाङ–१ (क) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि शुरु हुँदैछ। मतदान हुने ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन। 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लाग्नेछ। 

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलकुी ५ बजेसम्म मतदानको समय तय भएको छ। मौन अवधि सुरु हुनु अघि बुधवार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले अन्तिम चुनावीसभा गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.