|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ। आजको बैठकले बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ।

बैठकको उदघाटन सत्रमा आयोगको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको योजना आयोगका सहायक प्रवक्ता एवं कार्यक्रम निर्देशक डाक्टर दिवाकर लुइटेलले जानकारी दिए। 

त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिने छन्।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने छन्।​

उद्घाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुनेछ। यो सत्रमा सोह्रौँ योजनाको मस्यौदामा छलफल हुनेछ। 

छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनेछन्। सहभागीहरु समूहगत छलफलमा सहभागी भई सोह्रौँ योजनाको मस्यौदा आवश्यक सुझाव प्रस्तुत गर्नेछन्।

कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीलाई अनिवार्य उपस्थित हुन भनिएको छ। यस्तै स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका उद्योगी बैठकमा सहभागी हुने निर्देशक लुइटेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.