|

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। महाअभियानले काठमाडौंको बानेश्वरमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो। 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ। महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गर्न लागेको प्रसाईंले बताए। 

अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा १३ बुँदे अपिल गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.