|

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट बजेट समृद्धि‚ सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहेको बताएका छन्। 

सोमबार आ.व. ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री ​महतले युवालाई मुलुकभित्रै आर्थिक गतिविधिमा प्रेरित गर्ने, उद्यमशीलता विकास, गरिबी निवारणमा जोड दिइएको बताए। 

स्रोत साधनको प्रभावकारी र परिणाममुखी उपयोगमा ध्यान दिइएको उनको भनाइ छ। उनले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलब १६ प्रतिशत रहने अनुमान गरिएको बताए। 

उनले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता र आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धिदर न्यून हुने देखिएको बताए। 

उनले राजश्व संंकलन पनि गत वर्षभन्दा ५ प्रतिशत कम उठ्ने अनुमान गरिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.