|

रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा पूजाआजा गरेका छन्। जिल्लाको मध्यभागमा पर्ने शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका हुन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। 

सो क्रममा बाटोका दुवैतर्फ बसेका हजारौँ समर्थकले फूलमालाले भव्य स्वागत गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रले  समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए। उनी मन्दिरमा पूजा गर्ने क्रममा हजारौं समर्थकले राजा आऊ देश बचाऊ भनेर नारा लगाएका थिए।

उनको स्वागतमा शिवनगर चोकमा बनाइएको गेटमाथि राखिएको ब्यानर उनी आउनु एक घण्टाअघि प्रहरीले हटाएको थियो। मन्दिरछेउको ब्यानर प्रहरीको हटाउन प्रयास स्थानीय बासिन्दाको विरोधपछि हटाएनन्।

प्रहरी स्रोतका अनुसार ब्यानरमा राजा र अवैध संविधान लेखिएकाले हटाइएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा झण्डै १० हजार मानिस सहभागी थिए।

पूर्वराजा करिब ३० मिनेटपछि फर्किएका थिए। उनले सम्बोधन गरेनन्। उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियो। रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले सुरक्षाको नेतृत्व गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.