|

काठमाडौं : कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका मंगलबारदेखि तीन दिनसम्म बन्द हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको हो। कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका बन्द गर्न लागिएको हो। 

मंगलबार साँझ सवा ५ बजेदेखि मतदान नसकिउञ्जेलसम्म नेपाल-भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । स्वास्थ्य सेवाका लागि भने नाका खुला नै रहने निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.