|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको नेता खनालले थाहाखबर जानकारी दिए।

भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। वैशाख १५ मा हुन लागेको उपनिर्वाचन र प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित थियो।

एकीकृत समाजवादीले प्रदेश सरकार गठनमा असन्तुष्टि जनाइरहेका वेला प्रधानमन्त्री र नेता खनालको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.