|

सुनसरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत बाआमाका लागि खर्च गर्नुपर्ने बताएकी छन्।

सुनसरीको गढी गाउँपालिका-६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

'ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो। अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाआमाका लागि खर्च गर्नुपर्छ', उनले भनिन्।

यसैगरी अपांगता भएका कतिपय व्यक्तिको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन्।​

प्रधानमन्त्री मनमोहन अधिकारीका पाला शुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका रूपमा परिवर्तन भएको बताइन्।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन गर्न आवश्यक रहेको बताइन्।

यसैबीच त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका १२० परिवारलाई झुल वितरण गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.