काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन्।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र ती पटक विश्वासको मत लिने कुरा विडम्बना र नेपालको आफ्नो विशेषता भएको पनि बताए। उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महसुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे। उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए। उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे। उनले सरकारको पुनः गठन भइरहने बताए।
प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरू जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताउनु भयो। उनले देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए।
प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताए। मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।