|

एजेन्सी : संसारभर प्रोस्टेट क्यान्सरका बिरामीको संख्या दुई गुणाले बढ्ने एक अध्ययनले देखाएको छ । 

सन् २०२० मा विश्वभर प्रोस्टेट क्यान्सरका विरामी १४ लाख थिए । यो संख्या बढेर २०४० सालसम्म २९ लाख पुग्ने मेडिकल जनरल ल्यासेन्टको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२० मा विश्वभरमा ३ लाख ७५ हजार पुरुषको मृत्यु प्रोस्टेट क्यान्सरबाट भएको थियो । २०४० सम्म यो मृत्युदर ८५ प्रतिशतले बढ्ने आंकलन प्रतिवेदनमा गरिएको छ। प्रोस्टेटको क्यान्सर, क्यान्सरका कारण पुरुषको मृत्यु हुने मध्ये प्रमुख पाँचौ कारण रहेको ल्यासेन्टले जनाएको छ।

प्रतिवेदनअनुसार ११२ देशमा पुरुषमा हुने यो सामान्य क्यान्सर हो र कुल क्यान्सरको मामिलामा १५ प्रतिशत प्रोस्टेट क्यान्सरका विरामी छन्। २०२० पछि प्रोस्टेट क्यान्सरको मामिला र यसबाट हुने मृत्यु पूर्वी एसिया, दक्षिण अमेरिका, पूर्वी यूरोप, उत्तरी अमेरिकाजस्ता देशमा बढिरहेका छन् । 

प्रोस्टेट, पुरुषहरूको प्रजनन यन्त्रको एउटा भाग हो। मुत्राशय (ब्लाडर) मुनी रहेको सानो ग्रन्थी प्रोस्टेटको आकार ओखरको दानाजस्तै हुने भए पनि उमेरसँगै बढ्न थाल्छ। यसले गाढा र सेतो तरल पदार्थ बनाउँछ। यसले अण्डकोषद्वारा निर्मित शुक्राणुसँग मिलेर वीर्यको उत्पादन गर्छ र तरल बनाउँछ।

प्रोस्टेटको पछाडिको भाग गुदद्वारको नजिक रहन्छ। चिकित्सकहरूका अनुसार ४५–५० बर्ष उमेरपछि पुरुषहरूमा प्रोस्टेटसम्बन्धी समस्या आउँछ तर यो क्यान्सर नै हो भन्ने हुँदैन। सबै पुरुषमा प्रोस्टेटको समस्या देखिने पनि होइन। यो ग्रन्थीका कोसीका असामान्य रुपमा बढ्दै गएपछि क्यान्सरको सम्भावना देखिन्छ ।

पुरुषको उमेर बढ्दै गएपछि प्रोस्टेटको समस्या देखिने र विस्तारै शरीरमा क्यान्सर फैलने जोखिम हुन्छ। यसका अलावा थाईराइड क्यान्सर र केही स्तन क्यान्सर समेत हुन्छ, जुन शरीरमा विस्तारै फैलन्छ। प्रोस्टेट क्यान्सरको सुरुवाती अवस्थामा अरु ठाउँमा फैलिँदैन।

पछि विस्तारै वरिपरीको तन्तुमा फैलिएर शरीरको अन्य भागसम्म पुग्छ। चिकित्सकहरूका अनुसार प्रोस्टेट क्यान्सर जेनेटिक (आनुवंशिक) सँगै अस्वस्थ खानपान/जंकफुड, धुम्रपान, मदिराको सेवनजस्ता कारण क्यान्सरको धेरै सम्भावना हुने गर्छ।

प्रोस्टेट क्यान्सर पश्चिमा मुलुकहरूमा धेरै देखिएको छ। ​ल्यासेन्टको प्रतिवेदनमा प्रोस्टेट क्यान्सर ढिला गरी पत्ता लाग्ने र संसारभरमा कम वा मध्यम आय भएका देशहरूमा चेकजाँचमा ढिलाई हुने गरेको पाइएको छ । 

प्रोस्टेट क्यान्सरको खास लक्षण नहुने चिकित्सकहरू बताउँछन्। प्रोस्टेष्ट स्पेसिफिक एन्टिजेन (पीएसए) लेबल व्यक्तिको उमेरमा निर्भर गर्दछ। अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार पीएसए लेबल, सामान्य या असामान्य हुँदैन।

पहिले ४.० एनजी/एमएल या यसभन्दा कमलाई सामान्य मानिन्थ्यो । तर यसभन्दा पनि कम रहेका व्यक्तिलाई प्रोस्टेट क्यान्सर देखियो भने धेरै १० एनजी/एमएलसम्म भएका व्यक्तिमा यो समस्या देखिएन। ​

चिकित्सकहरूका अनुसार, सुरुमा लक्षण नदेखिए पनि बारम्बार पिसाब लाग्नु, रातमा पिसाबको फ्लो कम हुनु, पिसाब चुहिनु, पिसाबमा रगत देखा पर्नुजस्ता समस्या देखिए पिएसए परीक्षण गर्नुपर्छ । जसले क्यान्सर भए नभएको पत्ता लगाउन मद्दत गर्दछ।

क्यान्सर फैलिए हड्डीमा जान र त्यसपछि कम्मरको दुखाई, हड्डी खिइने, दुख्ने जस्ता समस्या आउन थाल्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.